कमल
थापाको विश्लेषण : एमाले हचुवावादी,
कांग्रेस विचलित
एमाओवादी
द्वैध, मधेसवादी पैसालाई महत्व दिने दल
११
जेठ काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई
‘सबैभन्दा
अवसरवादी र हचुवावादी पार्टी’ को संज्ञा दिएका छन्
। थापाले कांग्रेसलाई वीपीको सिद्धान्तबाट विलित बनेको र एमाओवादी द्वैध मानसिकतामा
फसेको बताएका छन् ।

राप्रपा
नेपालको प्रथम महाधिवेशनको
बन्दशत्रमा आइतबार राजनीतिक प्रतिवेदन
पेश गर्दै पार्टी अध्यक्ष थापाले
कांग्रेस,
एमाले र एमाओवादीका विषयमा राजनीतिक
विश्लेषण गरेका हुन् ।
’एमाओवादी अहिले द्वैध मानसिकताबाट ग्रस्त रहेको छ, अर्को शत्तदमा भन्ने
हो भने यो पार्टी अहिले विचार र
व्यवहारिक बाध्यताको मझधारमा खडा भएको छ,’ थापाले दस्तावेजमा
एमाओवादीको विश्लेषण गर्दै भनेका छन्-’जनयुद्धकालीन विचारधारालाई कार्यान्वयन गर्न खोज्दा ऊ जडसूत्रवादमा फस्छ,
संसदवादी शक्तिमा रुपान्तरण हुन खोज्दा
उसको पहिचान समाप्त हुन्छ ।’
अध्यक्ष थापाले एमाओवादी चरम गुटबन्दीमा
फसेको बताएका छन् ।
त्यसैगरी
नेपाली कांग्रेसबारे थापाको
दस्तावेजमा भनिएको छ-’नेपाली कांग्रेस
सिद्धान्तबाट विचलित राजनीतिक दलका
रुपमा रहेको छ । संसदीय प्रजातन्त्र, राजसंस्थाको बैधानिक
नायकत्व, समाजवाद
र धार्मिक स्वतन्त्रता कांग्रेसका चार
आदर्श हुन्, ती चारवटै सिद्धान्त
ध्वस्त भएका छन् ।’ कांग्रेस पनि आन्तरिक
विवादको भुँवरीमा फसेको थापाको
विश्लेषण छ ।
नेकपा
एमाले बारेमा थापाले भनेका छन्- ‘सबैभन्दा अवसरवादी र हचुवावादी पार्टीका रुपमा नेकपा एमाले
रहेको छ । एमाले वैचारिक दुविधा र आन्तरिक संघर्षको भुँवरीमा फसेको छ ।’
मधेसी
दलः पैसा र सत्तालाई महत्व
राप्रपा
अध्यक्ष थापाले मधेसी दलहरुलाई
सिद्धान्त भन्दा पनि पैसा र सत्तालाई
महत्व दिने दलका रुपमा व्याख्या गरेका
छन् । ‘मधेसवादी दलहरु सिद्धान्त भन्दा पनि पैसा र सत्तालाई महत्व
दिन्छन् ।’ थापाले भनेका छन् ।
शनिबारदेखि
राजधानीमा सुरु राप्रपा नेपालको प्रथम महाधिवेशनको बन्दशत्र नेपाल प्रज्ञा
प्रतिष्ठानको हलमा भइरहेको छ । २२ सय प्रतिनिधि सहभागी बन्दशत्रमा अध्यक्ष थापाले
राजनीतिक प्रतिवेदन, विष्णु भट्टराईले विधान संशोधन र महासचिव चन्द्रबहादुर गुरुङले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको महाधिवेशन
प्रतिनिधि बासु दाहालले अनलाइनखरलाई बताए ।
No comments:
Post a Comment