Tuesday, May 6, 2014

अन्तरिक्षमा नेपाली झण्डा फहरिंदा... (फोटोफिचर)

७० हजार फिटमाथि बज्यो नेपाली राष्ट्रिय गान


Nepali-Flag-in-Space.jpg
काठमाडौ, वैशाख २३ - अरु देशको झण्डा चन्द्रमामा फहराएको देखेका नयाँ बानेश्वरका २२ वर्षीय क्षितिजराज लोहनीलाई पनि आफ्नो देशको झण्डा फहर्याउने मन थियो ।
हाल अमेरिकाको बोस्टनमा बसिरहेका उनले तत्काल चन्द्रमामा झण्डा फहराउन नसकेपनि नेपाली झण्डालाई धेरै उचाईमा फहराउने जुक्ति निकाले ।
त्यसकै लागि करिब एक बर्ष अध्ययन गरेपछि गत बुधबार उनले अमेरिकाकै फिसर्स ईण्डियानाबाट बेलुनमा राखेर नेपाली झण्डा अन्तरिक्षमा पठाए ।
हेलियम भरिएको बेलुन छेउमा बाँधिएको नेपाली झण्डा ८० हजार फिट उचाईंसम्म फर्फरायो । जब ७० हजार फिट माथि पुग्यो तब नेपाली राष्ट्रिय गान बज्न थाल्यो ।
बिग्रएको सामान प्रयोग गरेर आफ्नो उद्देश्य पूरा गरेका हुन् । 'बेलुनमा राखिएको तीन क्यामेरामा आफैंले प्रोग्राम डेभलप गरेको थिए', उनले सुनाए,'स्पिकरको रुपमा पनि बिगि्रएको मोबाइल प्रयोग गरेको थिएँ ।'
भिडियो को लागि यो लिंक खोल्नु होला|
http://www.youtube.com/watch?v=La1f5d7H3tY&feature=player_embedded
उनले पछिल्लो १४ महिना यही योजनाको लागि खर्चिएका थिए । क्यामेरामा प्रोग्रामिङ गर्न आफैंले स्त्रिmप्ट लेख्ने, मौसम अध्ययन गर्ने लगायत कामको लागि उनको समय खर्च भएको थियो ।
For more.. click here
-

No comments:

Post a Comment