११ जेठ, काठमाडौं । अमेरिकी जल सेनाका प्यासिफिक क्षेत्रीय कमाण्डर
सामुअल जे लक्लियर चार दिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं
आइपुगेका छन् । हवाइ टापुका कमाण्डर रहेका अमेरिकी जल सेनाका चार तारे जर्नेल
लक्लियर नेपाली सेनाका प्रधानसेनापति गौरव शमसेर जबराको निमन्त्रणमा
नेपाल आएका हुन् ।
प्रधानसेनापति
राणाले एक महिनाअघि अमेरिका
भ्रमण गरेका थिए । नेपाली सेनासँग लामो
समयदेखि सहकार्य गर्दै आएको
अमेरिकी जलसेनाले शान्ति स्थापना र
प्रकोप नियन्त्रणमा नेपाली सेनालाई
आवश्यकताअनुसार सघाउ पुर्याउन भ्रमण
प्रभावकारी हुने नेपालस्थित अमेरिकी
दूतावासले जनाएको छ ।
भ्रमणका
क्रममा उनले राष्ट्रपति डा.रामवरण
यादव,
प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री बामदेव
गौतम, प्रधानसेनापति गौरवशमसेर जबरालगायत उच्च अधिकारीसँग भेट गर्ने
पनि दूतावासले जनाएको छ । जर्नेल लक्लियरले नगरकोटमा नेपाली सेनाका
अधिकृतरुलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । उनले महावीर रेन्जर
गणका सैनिकसँग भेट्नुका साथै पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य
तालिमकेन्द्रको पनि भ्रमण गर्नेछन् ।
No comments:
Post a Comment