Wednesday, May 28, 2014

सुनको भाउ तोलामा ८ सय घट्यो



१४ जेठ, काठमाडौं । बुधबार स्थानिय बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी Description: goldमहासंघले बुधबारका लागि छापावाल सुनको भाउ तोलाको ५१ हजार ७ सय रुपैयाँ तोकेको छ । मंगलबार छापावाल सुन तोलाको ५२ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
तेजाबी सुनको भाउ पनि बुधबार तोलामा ८ सय रुपैयाँ घटेर ५१ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ५२ हजार २ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
बुधबार चाँदीको भाउ पनि ओरालो लागेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा ६ रुपैयाँ घटेर ७ सय ६९ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदी तोलाको ७ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।


No comments:

Post a Comment