चर्चित
रियालिटी स्टार एवं मोडल किम
कार्दशियन आफ्ना प्रेमी कान्य वेष्टसँग
बिहे गर्दैछिन् । किमको बिहे निक्कै
महंगो हुने वुझिएको छ । यसैविच यो
जोडीले आफ्नो बिहेका तस्बिर खिच्न
मिडियासामु १० मिलियन डलरको राशी अगाडि
सारेको छ ।
यसका
लागि यतिबेला विभिन्न चर्चित
मिडियाले आफ्ना बोली लगाइरहेका छन् ।
ग्लोसी म्यागेजिनका संचालकले किमकी
आमा र उनका म्यानेजरसँग यो डील साइन
गर्नका लागि कुरा गरिसकेको छन् ।
तर
यो जोडी भने चर्चित फेसन म्यागेजिन ‘भोग’ले यो डीलमा आफ्नो हात अगाडि बढाओस् भन्ने चाहनामा छ ।

No comments:
Post a Comment