Tuesday, May 27, 2014

रामचन्द्रले छाडे सिटौलाको मस्यौदा समिति



१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका उसभापति एवम् सभासद रामचन्द्र पौडेलले संविधान मस्यौदा समिति छोडेका छन् । आफूले सभापति दावी गरेको समितिको नेतृत्व पार्टीका कनिष्ठ नेता कृष्णप्रसाद सिटौंला सभापति भएपछि असन्तुष्ट पौडेलले समिति छाडेका हुन् ।
सिटौंला सभापति भएपछि समितिको बैैठकमा अनुपस्थित रहँदै आएका पौडेलले मंगलबार समिति छाडेको जानकारी सभाध्यक्ष सुवास नेम्वालाई गराएका थिए ।
संविधान मस्यौदा समिति छाडेपछि पौडेल एमाओवादीका सभासद डा. बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजीतिक संवाद तथा सहमति समितिमा गएका छन् ।
त्यसैगरी कानुनमन्त्री नरहरि आचार्य पनि डा. भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा गएका छन्

No comments:

Post a Comment