१३
जेठ, काठमाडौं । काठमाडौं प्रहरी प्रमुख रमेश खरेलको सरुवाबारे छलफल
गर्न निर्वाचन आयोगले आचारसंहिता समितिको बैठक डाकेको छ ।
खरेलको
सरुवाका लागि सहमति माग्दै
गृहमन्त्रालयले आयोगमा पत्र पठाएको छ । ‘गृहको
पत्र प्राप्त भएको छ’ एक आयुक्तले
अनलाइनखबरसँग भने-’बुधबार आचारसंहिता
समितिको बैठक बोलाइएको छ, त्यसमा छलफलपछि के
निर्णय हुन्छ भनौंला ।’
असार
८ गते हुने उपनिर्वाचनका लागि आयोगले
आचारसंहिता लागू गरेको छ । उक्त अवधिमा
सरकारले अत्यवश्यक सरुवा, वढुवामा
निर्वाचन आयोगको सहमति लिनुपर्ने हुन्छ
।
डीआईजी
बढुवामा आर्थिक चलखेल भएको
अभिव्यक्ति दिएपछि खरेलमाथि छानविन सुरु
भएको छ । डीआईजी विज्ञानराज
शर्माको संयोजकत्वमा तीन सदस्यीय छानविन
समिति बनाइएको छ । छानविन सुरु
भएलगत्तै खरेललाई काठमाडौं प्रहरी
प्रमुखबाट हटाउने निर्णय भइसकेको छ ।
खरेलले
शनिबार एक सार्वजनिक कार्यक्रममा
एआईजीको बढुवाका लागि डीआईजीहरु
ब्रिफकेस बोकेर नेता र शक्तिकेन्द्रको
ढोकामा धाइरहेका भन्दै भ्रष्टलाई बढुवा
नगर्न आग्रह गरेका थिए ।
No comments:
Post a Comment