Sunday, February 23, 2014

२० रुपैयाँमा महिनाभरी कुरा !

NTC
काठमाण्डु, माघ – नेपाल टेलिकमले २० रुपियाँमा एक महिनाका लागि अनलिमिटेड भ्वाइस कलको प्याकेज घोषणा गरेको छ।
कम्पनीको १० औँ वार्षिकोत्सका अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले विभिन्न छुटको प्याकेज घोषणा गरेका हुन्।
सिडिएमए प्रिपेड सेवामा राति १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्कभित्र हुने फोनमा प्रति महिना २० रुपियाँमा जति पनि कुरा गर्न सकिन्छ। यस्तो नाइट कल प्याकेज आजदेखि तीन महिनासम्म दिइनेछ।
मोबाइल सेवामा अनलिमिटेड भ्वाइस कलको सुविधा दिइएको नेपालमा यो पहिलो अवसर हो।
वार्षिकोत्सवका अवसरमा अरु पनि विभिन्न छुट प्याकेजको घोषणा गरिएको छ।

No comments:

Post a Comment