Sunday, April 20, 2014

जनताले एमाओवादीलाई आममाफी दिइसके : पौडेल




ramchandra-congress.jpg
दमक, वैशाख ७ - कांग्रेस उपसभापति रामचन्द्र पौडेलले द्वन्द्वकालका घटना खोतलेर मुलुकलाई थप द्वन्द्वमा धकेल्न नहुने बताएका छन् । देशले द्वन्द्वका अवशेषलाई मेट्ने प्रयास गरिरहेका बेला फेरि पुराना घटना बल्झाएर संक्रमण लम्ब्याउन नहुने पौडेलको घारणा थियो ।
आज दमकमा सञ्चारकर्मीसँग कुरा गर्नै नेता पौडेलले प्रस्तावित सत्य निरुपण तथा मेलमिलाप बिधेयकमा आममाफी भन्ने शब्द नराखिएको भएपनि एमाओवादीका नेताहरुलाई जनताले पहिल्यै आम माफी दिएर प्रधानमन्त्रीसम्म बनाइसकेको बताए ।
राजनीतिक दलहरुको सहमतिमा छिट्टै सत्य निरुपण तथा मेलमिलाप ऐन बनाइने पौडेलले जानकारी दिए । मुलुकमा स्थायी शान्ति कायम गर्ने हो भने द्वन्द्वकालमा भएका घटनाको सत्यतथ्य पत्ता लगाएर पीडकलाई पश्चाताप गर्ने, पीडितले क्षमा दिने र राज्यले राहत दिने ब्यबस्था हुनुपर्ने पौडेलको धारणा छ । पौडेल सुनसरीको चतरामा जारी कुम्भमेलामा स्नान गरेर झापामा भइरहेको मेची अञ्चल स्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन आएका हुन् ।

No comments:

Post a Comment