१४
जेठ, चितवन । चितवनको इलाका प्रहरी कार्यालय खैरहनीले लागुऔषधसहित
दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ
परेकामाथि अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रमेश
विष्टले जानकारी दिए ।
चितवनको
वीरेन्द्रनगर गाउँ विकास समिति-३
बाट लागुऔषधसहित उनीहरूलाई पक्राउ
गरिएको हो । पक्राउ परेकाहरूमा स्थानीय
२१ वर्षका विकास श्रेष्ठ र वडा नम्बर ६
बस्ने १८ वर्षका अमृत विक छन् ।
गस्तीमा
खटिएको प्रहरी टोलीले शङ्कास्पद
गतिविधि देखे पनि युवाहरूमाथि जाँच
गर्ने क्रममा उनीहरूको साथबाट फेनारगन
तीन,
नुफिन चार र डाइजेपाम चार थान भेटिएको
विष्टले बताए । रासस
No comments:
Post a Comment