Wednesday, May 28, 2014

विद्युत चुहावटबाट दाङमा वर्षेनी ४ करोड घाटा

१४ जेठ, दाङ । दाङमा बर्षेनी बिभिन्न कारण हुने विद्युत चुहावटका कारण सरकारलाई ४ करोड रुपैयाँ घाटा लाग्ने गरेको छ । हुकिङ गरेर विद्युत चोरी गर्ने, मिटर बक्स नराखेर विद्युत प्रयोग गर्ने गर्दा बर्षेनी विद्युत प्राधिकरणलाई करिब ४ करोड रुपैयाँ घाटा लाग्ने गरेको हो ।
चालु आर्थिक वर्ष १० महिनामा ५३ लाख युनिट विद्युत चुहावट हुँदा विद्युत प्राधिकरणलाई ३ करोड ८६ लाख ७२ हजार ५ सय १६ रुपैयाँ घाटा लागेको छ । विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा ५२ लाख ९७ हजार ६ सय ५ युनिट विद्युत चुहावट भएको छ ।
विद्युत चुहावट हुने क्षेत्रहरुमा गंगापरस्पुर, बेला, डुरुवाको ड्वाङपुर, सौडियार, धर्ना लगायतका स्थानमा चोरी गरेर विद्युत प्रयोग हुँदै आएको सुपरभाईजर प्राधिकरण केन्द्रका सुपरभाईजर जयबहादुर रावलले जानकारी दिए ।
गतबर्ष बिद्युत चुहावट हुँदा ३ करोड ५८ लाख ८८ हजार ६ सय ५४ रुपैयाँ नोक्सान भएको थियो । विगतका बर्षदेखि नै चोरी गर्ने क्रम जारी रहेपनि सरकारले नियन्त्रण गर्न सकेको छैन ।

No comments:

Post a Comment