


गिजिन
बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन ज्यान नै जोखिममा राख्नेहरु कम
छैनन् । यो भिडमा मारिया गाफित्सा र पाभ्लो क्लेट्स थपिएका छन् ।
यो
जोडीले पिठ्युँमा प्वाल पारेर फलाको हुक लगाई किभको निप्रो नदी पार रहेका
छन् । ५५० मिटर पार गर्न उनीहरुले टायरोलिन ट्राभर्सिङ प्रविधीको सहयोग
लिएका थिए, जसको अधिकतम गति ६० किमी/प्रतिघन्टासम्म
हुन्छ । उनीहरुले आफूहरुलाई पिठ्युँमा गरेको हुकको भरमा डोरीमा झुण्डि्याएका थिए
। यसको अर्थ
उनीहरुको शरीरको सम्पूर्ण भार त्यही हुकमा थियो ।
यो
जोडीले सफलतापूर्वक नदी पार गरेका छन् । यो क्रममा उनीहरुको पिठ्युँमा हुक लगाएको
भागबाट रगत बगेको थियो ।
No comments:
Post a Comment