Wednesday, May 28, 2014

केटी पट्याउन बाघसँग फोटो खिचाउने होडबाजी

कुनै युवतीलाई प्रभावित गर्न वा उसको मन जित्न तपाई के-के गर्नुहुन्छ ? सोसल मिडियाको स्मार्ट जमानामा सामाजिक संजालमा तपाईको प्रस्तुती नै तपाईको ब्यक्तित्व र प्रभावको आधार हो । त्यही पहिलो नजरले तपाईको प्रेम सफल हुने वा नहुने हुनसक्छ ।
आजलकल इन्टरनेटमा जोडी खोज्ने डेटिङ साइटहरु खुवै प्रचलित छन् । यस्तो साइटमा केटाहरु निकै सिर्जनशील तरिकाले आफ्नो प्रोफाइल बनाउँछन र तस्वीर राख्छन् ।
यीनै साइटबाट पत्ता लागेको नयाँ तथ्य हो- केटाहरु केटी पट्याउन बाघसँग तस्वीर खिचाउन मन पराउँछन् । वालस्ट्रिट जर्नलका अनुसार टिण्डर लगायतका डेटिङ साइटमा हरेक दशमध्ये एक जना केटाले बाघसँग खिचाएको तस्वीर प्रोफाइलमा राख्ने गरेका छन् ।
डेटिङ साइटमा यो ट्रेन्ड निकै भाइरल बनिरहेको पत्रिकाले जनाएको छ । केटीहरुले पनि बाघसित पोज दिइरहेका केटाहरुसित डेटिङ गर्न मन पराउने देखिएको छ ।
जंगलको राजा मानिने बाघ बल र आधिपत्यको प्रतिकका रुपमा चिनिन्छ । २० देखि ३० बर्षको उमेर समूहका केटाहरुले सम्भावित पार्टनरलाई यही सन्देश दिन चाहेका कारण पनि बाघे फोटो भाइरल भएको अनुमान गरिएको छ ।
तर, केटीहरु एउटा वा दुईटा डेटमा गइसकेपछि केटाप्रति रुची नदिने गरेको र अन्त्यमा त्यस्तो सम्बन्ध दिगो नभएको भुक्तभोगीहरुले बताएका छन् । क्यालिफोर्नियाको एक प्रबिधि कम्पनीमा कार्यरत २८ बर्षीय नेट लेभिन भन्छन-एक दुई डेटपछि थाहा पाएँ कि ती केटीहरुले मलाई नभएर बाघलाई मन पराएका रहेछन, लामो समय सम्बन्ध टिक्नै सकेन् ।
यो प्रबृत्ति बढ्दै गएपछि डेटिङ साइटबाट बाघे तस्वीर संकलन गर्ने बेग्लै वेबसाइट पनि खुल्न थालेका छन् । केही युवायुवतीहरुले यस्तो प्रबृत्तिलाई बेतुकको भन्दै कडा आलोचना गर्न थालेका छन् । त्यसलाई जवाफ दिन उनीहरुले अजिंगर, हात्ती लगायतका जनावरसाग पोज दिएका तस्वीर प्रोफाइलमा राख्न थालेका छन् ।



No comments:

Post a Comment