२०७१ जेठ १४
गते १०:४० मा प्रकाशित
१४
जेठ, सुर्खेत । भेरी नदीमा
माछा मार्न गएका एकजना नदीमा डुबेर बेपत्ता भएका छन् ।
सुर्खेतको
हरिहरपूर-७ निवासी २१ वर्षका भवीन दलार्मी मगर नदीमा बेपत्ता भएका
हुन् । मङ्गलबार दिउँसो २ बजे माछा मार्न भन्दै भेरीमा पुगेका दलार्मी
ज्यामिरकुना नजिकैबाट बेपत्ता भएको हरिहरपुर स्वास्थ्यचौकीका इन्चार्ज
महेन्द्रबहादुर खत्रीले जानकारी दिए ।
मङ्गलबारदेखि
नै स्थानीयले खोजीकार्य जारी राखे पनि केही पत्ता नलागेको र आज बिहानैदेखि
खोजीकार्य जारी राखिएको छ ।
No comments:
Post a Comment